२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

इंग्ल्यान्ड र पाकिस्तान भिड्दै


0
Shares

काठमाडौं, भदौ १२ । इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो ट्वेन्टी-२० क्रिकेट खेल शुक्रबार हुँदैछ ।

तीन खेलको टेस्ट शृंखला १-० ले जितेपछि घरेलु टिम इंग्ल्यान्डले पाकिस्तानसित तीन खेलकै टी-२० शृंखला खेल्न लागेको हो ।

खेल नेपाली समयानुसार राति पौने ११ बजे ओल्ड ट्राफोर्डमा सुरु हुँदैछ ।

इयान मोर्गानको नेतृत्वमा उत्रने इंग्ल्यान्डको टोलीमा ओपनिङ ब्याट्सम्यान जासन रोय भने हुने छैनन् ।

पाकिस्तान बाबर आजमको कप्तानीमा मैदानमा उत्रँदैछ ।

यी दुईबीच भएको पछिल्लो टी-२० मा सन् २०१९ को मेमा इंग्ल्यान्ड ७ विकेटले विजयी भएको थियो ।

दोस्रो खेल आइतबार तथा तेस्रो खेल मंगलबार हुनेछ ।