
फाइल तस्वीर ।
उदयपुर, भदौ १२ । उदयपुरमा पहिलोपटक कोरोनाका कारण एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका-४, मिलनचोक निवासी ५२ वर्षीय शिक्षक रहेका छन् ।
लामो समयसम्म बिरामी परेका उनको काठमाडौं, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
उनलाई गएको साउन २८ गतेदेखि नै ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय अस्पताल पुर्याइएको थियो ।
स्थानीय अस्पतालमा उपचार गर्दा निको नभएपछि उनलाई भदौ ८ गते काठमाडौं लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस्