
फाइल तस्वीर ।
काठमाडौं, भदौ १२ । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि राजदूतमा सिफारिस भएका तीनजनाविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले बेल्जियम र यूरोपियन यूनियनका लागि राजूदत सिफारिस गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि सिफारिस भएका रामकाजी खड्काविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको हो ।
समितिका सभापति लक्ष्मणलाल कर्णले सिफारिस भएका तीनैजनाविरुद्ध कुनै उजुरी भए १० दिनको समयावधिभित्र उजुरी दिन सार्वजनिक आह्वान गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्