
विराटनगर, भदौ १२ । मोरङको बेलबारी नगरपालिकामा दुई पक्षबीच शुक्रबार भिडन्त हुँदा एकजनाको मृत्यु हुनाका साथै चारजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार शुक्रबार दिउँसो १ बजे बेलबारी–५, कसेनी, लोहन्द्रा पुलमा सोही स्थान बस्ने ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ र ३२ वर्षीय सन्तोष मगर तथा सोही स्थान बस्ने ४२ वर्षीय सईकुमार राई, ३५ वर्षीय समुद्र राई र १६ वर्षीय गौरव राईलगायतबीच सामान्य वादविवाद हुँदा खुकुरी प्रहारबाट घाइते भएका ४० वर्षीय चन्द्रकुमार राईको उपचारकाक्रममा मृत्यु भएको छ ।
खुकुरी प्रहारबाट घाइते उनको विराट शिक्षण अस्पताल बूढीगंगामा उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।
घाइते सईकुमार, समुद्र र गौरव राईको सोही अस्पतालमा उपचार भइरहेको छ ।
खुकुरी प्रहार गर्ने समूहका जितेनसमेत घाइते भएकामा विराट नर्सिङहोम विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
झगडामा संलग्न अन्य तीनजना फरार रहेकामा खोजतलास भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्