
काठमाडौं । पाकिस्तानको कराँचीमा बाढीमा परेर कम्तिमा २३ जनाको मृत्यु भएको छ ।
लगातारको वर्षासँगै बाढी र डुवानका कारण दर्जनौ घाइते भएका छन् भने धेरै घरबार बिहीन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
मुख्य व्यापारीक केन्द्र रहेको कराँचीमा बाढीका कारण सडक जलमग्न हुनुका साथै विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन थप कष्टक र भएको छ ।
लगातारको वर्षाका कारण सडक र कार्यालयहरुमा अलपत्र परेका सर्वसाधारणलाई स्थानीय प्रशासनले उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गरेको बताइएको छ ।
यसैबीच सिन्धिया प्रान्तका मुख्यमन्त्री सैयद मुराद अली शाहले आपतकालीन अवस्थाको घोषणा गर्दै पीडितको उद्धार तथा रातहका लागि सुरक्षाकर्मी परिचालन गरेको बताउनुभयो ।
अत्याधिक वर्षाका कारण शहरका विभिन्न स्थामा ढल निकासी बन्द हुँदा जनजीवन थप प्रभावित भएको समाचारमा जनाइएको छ ।
बाढीले क्षति पु¥याएकाले विद्युत् आपूर्तिसमेत बन्द गराइएको छ । बाढी प्रभावितहरुलाई उद्धार गरेर सरकारी तथा सार्वजनिक भवनहरुमा अस्थायी रुपमा राखिएको छ ।
पाकिस्तानी सेनाले पनि प्रभावितहरुको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि विशेष टोली गठन गरेको जनाएको छ ।
मौसम विभागले अगामी सोमबारसम्म वर्षा निरन्तर हुने भन्दै थप सुरक्षित रहन आग्रह गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्