१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौ उपत्यकामा निषेधाज्ञाको अटेरी गर्ने बढे, विहानै १ सय ६० गाडी होल्ड


0
Shares

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञाको अटेरी गर्नेक्रम बढेसँगै प्रहरीले त्यसलाई कडाइ गर्न थालेको छ ।

अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकाबाहेक गाडी चलाउन रोकिएको भएपनि अटेरी गर्ने बढेका हुन् ।

कोरोना संक्रमण बढेसँगै सरकारले काठमाडौ, ललितपुर र भक्तपुरमा १७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

आज निषेधाज्ञाको १० औं दिन हो । आज बिहानै निषेधाज्ञाको उल्लंघन गर्ने १ सय ६० गाडी होल्ड भएको छ ।

१ सय ४६ दुईपाङग्रे र १४ चारपाङग्रे गाडी होल्ड भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

हिजोपनि उपत्यकामा १ हजार ५८ सवारी साधन नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

निषेधाज्ञाको उल्लंघन गरेर चलाएका ८ सय ६९ दुईपाङग्रे र १ सय ८९ चारपाङग्रे गाडीलाई होल्ड गरिएको हो ।

निषेधाज्ञाका बेला उपत्यकामा झण्डै १५ सय ट्राफिक प्रहरी परिचालन गरिएको पनि महाशाखाले जनाएको छ ।