२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


त्रिभुवन विश्वविद्यालय विद्यार्थीप्रति जिम्मेवार नबनेको नेविसंघको आरोप


0
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय विद्यार्थीप्रति जिम्मेवार नबनेको आरोप लगाएको छ ।

कोरोना महामारीको संकटको अवस्थालाई अवसरको रुपमा सदुपयोग गर्दै खोज, अध्ययन र अनुसन्धान मार्फत बिश्वका अन्य बवश्वबिद्यालय सरह नयाँनयाँ तथ्यसँगै यसको निराकरणका उपायहरु पत्ता लागाउनुपर्ने समयमा उल्टै बवद्यार्थीहरुको भबिष्य अन्धकार बनाउने काम गरेको संघको आरोप छ ।

संघका महामन्त्री बलदेव तिमल्सिनाले शनिबार एक विज्ञप्ति जारी गर्दै विश्व विद्यालयका बर्तमान पदाधिकारीको अर्कमणयताले विद्यार्थीमा पारेको मानसिक पीडा कोरोनाको कहर भन्दा ठूलो छ, भनेका छन् ।

त्रिविले सधैं तयारी गर्दैछौं भन्ने रेडीमेड जवाफ दिएको र बिश्व विद्यालयका पदाधिकारीबाट थप बिकृति र बिसंगति ल्याउने काम बाहेक केही गर्न नसकेको तिमल्सिनाको आरोप छ ।

परीक्षाको लागि सूचना सम्प्रेषण मात्र गरेको,अनलाइन कक्षा संचालन गर्न नसकेको, बैकल्पिक माध्यमबाट पनि परीक्षा संचालन गर्न नसकेको संघको आरोप छ ।

संघले बिश्वबिद्यालयलाई जोगाउंदै शैक्षिक, प्राज्ञिक मर्यादित वातावरण निर्माणका निम्ति हस्तक्षपकारी भुमिकासहित बिश्वबिद्यालयको संरक्षणका निम्ति अपील गरेको छ ।