
बिराज रोस्यारा (इमेज)
कैलाली, भदौ १३ । कैलालीमा निषेधाज्ञा पाँच दिन थपिएको छ ।
भदौ १९ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो ।
यसअघि जारी गरिएको १० दिनको निषेधाज्ञाको अवधि भोलि (आइतबार) सकिँदैछ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले यसअघि जारी निषेधाज्ञाको अवधि सकिन एक दिन बाँकी रहँदा थप पाँच दिनका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणको जोखिम बढिरहेकाले सबैको सल्लाह र सुझावका आधारमा निषेधाज्ञाको अवधि पाँच दिनका लागि थप गरिएको प्रजिअ बोहराले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्