५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


चितवनमा रगतको अभाव


0
Shares

चितवन, भदौ १३ । कोरोनाभाइरसको संक्रमणको त्रास र निषेधाज्ञाका कारण चितवनमा रगतको अभाव भएको छ ।

यता, रगतको अभाव पूर्ति गर्न नेपाली युवा उद्यमी मञ्च चितवनले टोल-टोलमा गएर रगत संकलन गरिरहेको छ ।

एक प्वाइन्ट रगत पाउन कठिन भइरहेको अवस्थामा मञ्चले चितवनका टोल-टोलमा पुगेर रगत संकलन गरिरहेको हो ।

टोल-टोलमा गएर कार्यक्रम गर्दा रक्तदाता पनि स्वतस्फूर्त रगत दिन तयार भएका छन् ।

कोरोनाको त्रासले रक्तदान गर्नेहरु कम भएको र रगत आवश्यक पर्ने बिरामीहरु बढिरहँदा रगत अभाव भएको क्षेत्रीय रक्तसञ्चार भरतपुरकी प्राविधिक सिजन लामिछानेले जानकारी दिनुभयो ।

चितवनमा अहिले भरतपुर अस्पताल, ठूला मेडिकल कलेज, क्यान्सर अस्पतालसहित अरु साना अस्पतालमा गरी दैनिक ३०० पिन्ट रगत आवश्यक पर्छ ।