
नवलपरासी, भदौ १३ । पश्चिम नवलपरासीमा निषेधाज्ञाको मौका छोप्दै खोलाहरुबाट नदीजन्य वस्तुको चोरी-निकासी बढेको छ । यसरी चोरी गरेका वस्तुहरु चर्को मूल्यमा बिक्री वितरण हुँदै आएको छ ।
स्थानीय तहले यसतर्फ गम्भीर ध्यान नदिएको स्थानीयले आरोप लगाएका छन् ।
यता, नदीजन्य पदार्थ चोरी गरेर लैजाँदै गरेको अवस्थामा सातओटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राज लामाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्