१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सगरमाथा इन्स्योरेन्सद्वारा २०७६/७७ मा दुई अर्ब १९ करोड ४७ लाख आम्दानी


0
Shares

काठमाडौं, भदौ १३ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ मा दुई अर्ब १९ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

शनिबार जुममार्फत् गरिएको कम्पनीको २३औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष रामकृष्ण मानन्धरले कोभिड–१९ का बाबजुद् पनि कर्मचारीहरुको मेहनतका कारण यो सफलता प्राप्त गरेको बताउनुभयो ।

उहाँले अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष ०.८३ प्रतिशतले आम्दानी वृद्धि भएकोसमेत जानकारी दिनुभयो ।

कम्पनीले विभिन्न कोषमा ७६ करोड ७४ लाख बढी रकम जगेडा जम्मा भएकोसमेत जनाएको छ ।

बिमा बजारमा बढदो अस्वस्थ प्रतिस्पर्धा, जनशक्तिको कमी, कोभिडका कारण अर्थतन्त्रमा पर्ने असरले कम्पनीको कारोबारमा पनि असर परेको कम्पनीले जनाएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले हाल ७४ शाखा, उपशाखा तथा एक्स्टेन्सन कार्यालयबाट मुलुकभर सेवा दिँदै आएको छ ।