
पर्सा, भदौ १३ । पर्सामा स्रोत नखुलेको रकमसहित शनिबार एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत, बिहार, बेतियाका ३५ वर्षीय उमेश साह छन् ।
मोटरसाइकलमा लुकीछिपी भारत प्रवेश गर्न खोजिरहेको अवस्थामा भारतीय रुपैयाँ ९० हजार नगदसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीरगन्ज महानगरपालिका–१७, अलौँबाट उनलाई पक्राउ गरेको हो ।
स्रोत खुल्न नसकेको नगद भएको कारण उनी हुन्डी व्यापारी हुनसक्ने प्रहरीको आशंका छ ।
प्रतिक्रिया दिनुहोस्