
काठमाडौं । आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ ।
वेम्बली स्टेडियममा गएराति भएको फाइनलमा लिभरपुललाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै आर्सननले दुई वर्षपछि यो प्रतियोगिता जितेको हो ।
आर्सनलको यो १५औं कम्युनिटी सिल्डको उपाधि हो । खेलको पहिलो हाफमा अग्रता लिएको आर्सनललाई पछ्याउँदै ७३ औं मिनेटमा लिभरपुलले गोल फर्कायो ।
निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको फाइनलमा खेल्ने गर्छन् ।
लिभरपुल प्रिमियर लिग विजेता हो । लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जितेको थियो । आर्सनलले एफए कप जितेको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्