२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्याङ्जामा एम्बुलेन्स दुर्घटनाः दुईको मृत्यु, दुई घाइते


0
Shares

स्याङ्जा । वालिङमा एम्वुलेन्स दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ ।

वालिङ नगरपालिका–५ माझकोटस्थित वालिङ–चापाकोट कच्ची सडकखण्डमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

विरामी छोडेर काठमाडौबाट फर्केको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट करीब २५० मिटर तल खसेको हो ।

उपचारको क्रममा चापाकोट–९ का ३२ वर्षीय भानुभक्त गैह्रे र वडा नं १० का २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको गह्रौ प्राथमिक अस्पताल वालिङले जनाएको छ ।

चापाकोट–९ का एम्बुलेन्स चालक ३१ वर्षीय सुरेन्द्र भण्डारी र २८ वर्षीय पवित्रा पोखरेल घाइते भएका छन् ।

उनीहरुलाई गह्रौ प्राथमिक अस्पताल वालिङको सामान्य उपचार पछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।