१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीपी प्रतिष्ठानमा कार्यरत सबै नर्सहरुको पीसीआर रिपोर्ट नेगेटिभ


0
Shares

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियुमा कार्यरत सबै २९ स्टाफ नर्सहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

एक हप्ताअघि प्रतिष्ठानको आईसियुको १ नम्बर बेडमा भर्ना भएका विरामीलाई कोरोना देखिएपछि उपचारमा संलग्न सबै नर्सहरुले काम छाडेर सुरक्षाको माग गर्दै आन्दोलित भएका थिए ।

संक्रमित विरामीसँग सम्पर्क भएको भन्दै आन्दोलनमा उत्रिएका नर्सहरुले पीसीआर चेक गर्नु पर्ने, क्वारेन्टिनमा राख्नु पर्ने र स्वास्थ्य सामग्रीलगायत उपलब्ध गराउनु पर्ने माग राखेका थिए ।

आन्दोलनपछि उनीहरुलाई प्रतिष्ठान व्यवस्थापन पक्षले गेष्ट हाउसमा राखेर पीसीआर चेक गरेको थियो ।