
रुपन्देही । बुटवलमा कोरोना अस्पतालको आईसीयुमा बेड नहुँदा मृतकको संख्या बढ्ने देखिएको छ ।
बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा १७ वटा आईसीयू बेड छ । तर सबै लक्षण भएका संक्रमितले भरिएका छन् ।
त्यहाँ थप संक्रमित राख्ने अवस्था छैन । अन्य रोगबाट ग्रसित बिरामी राख्नेसमेत ठाउँ छैन ।
बेड अभाव भएकाले अन्यत्र रिफर गर्ने गरेको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो ।
तत्काल एम्बुलेन्स उपलब्ध नहुने, अर्को अस्पताल पुर्याउन समय लाग्ने जस्ता समस्याले बिरामीको ज्यान जाने जोखिम हुने गरेको डा. थापा स्वीकार्नु हुन्छ ।
रुपन्देहीकै भीम अस्पतालमा पनि ५ वटा आइसीयू बेडका उपकरण जडान भएपनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन ।
संक्रमित थपिएसँगै आईसीयू बेड अभाव खड्किएकाले प्रदेश सरकारले तत्काल आईसीयू र भेन्टिलेटरसहितका बेड थप गर्नुपर्ने कोरोना सरोकार नागरिक अभियन्ताहरुले माग गर्दै आएका छन् ।
सामाजिक विकास मन्त्रालयले प्रदेशमा आईसीयू र भेन्टिलेटर थप गर्न सवा अर्बको बजेट माग गर्दै मन्त्रिपरिषदमा पेश गरेपनि स्वीकृत भएको छैन ।
प्रतिक्रिया दिनुहोस्