१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


छुर्पीको निकासी ठप्प भएपछि उद्योगहरु प्रभावित


0
Shares

इलाम । छुर्पीको निकासी ठप्प भएपछि उद्योगहरु प्रभावित भएका छन् ।

कोरोना भाइरसका कारण छुर्पीको निकासी ठप्प भएपछि प्रदेश–१ मा रहेका साना र ठूला गरी ९ सय उद्योग प्रभावित भएका छन् ।

प्रदेश १ बाट युरोप अमेरिकासहित १४ मुलुकमा छुर्पी निकासी हुँदै आएको थियो ।

पूर्वी नेपालको पहाडी क्षेत्रबाट कुकुरका लागि वार्षिक करोडौको दूधको छुर्पी ती मुलुकमा निकासी हुँदै आएको थियो ।

तर अहिले अधिकांश छुर्पी उद्योग बन्द रहेका छन् भने सञ्चालनमा रहेका उद्योगले पनि उत्पादन भण्डार गर्नुपर्ने बाध्यता छ ।

प्रदेश १ का पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा लगायत पूर्वी पहाडी जिल्लामा छुर्पी उत्पादन हुँदै आएको छ । सबैभन्दा बढी इलाममा मात्र ५ सय ९० वटा छुर्पी उद्योग रहेका छन् ।