१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


रुपन्देहीमा होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको अस्पताल लादैं गर्दा मृत्यु


0
Shares

रुपन्देही । रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको गएराती ९ बजे मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी ती महिलाको मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिनुभयो ।

गत बिहीबार कोरोना संक्रमणको पुष्टि भएकी ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।