१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बारामा भारतीयले गर्ने श्रममा नेपाली मजदुर


0
Shares

प्रकाश लम्साल (इमेज)

बारा, भदौ १५ । ‘लकडाउन’ले बाराका श्रमिकहरुको सोचाइमा सकारात्मक परिवर्तन आएको छ ।

विगतमा कम आम्दानी भएपनि हल्का र सफा काममात्र गर्ने मानसिकता भएका बाराका श्रमिकहरुले लकडाउनका कारण कामको प्रकृति नहेरी सबैजसो काम गर्न थालेका छन् ।

कोरोना महामारीका कारण भारतीय श्रमिकहरु नफर्किएपछि यसअघि उनीहरुलेमात्रै गर्ने गरेको काम गर्ने अवसर नेपालीहरुले पाएका छन् ।

कामसँगै आम्दानीसमेत राम्रो हुने भएपछि त्यस्ता काम नेपाली श्रमिकहरु नै गर्न थालेका छन् ।

भारतीयसरह नेपाली कामदारले काम गर्न थालेपछि विपन्न वर्गको पनि लकडाउनको समयमा जीवन सहज बन्दै गएको छ ।

यता, विभिन्न संघ संस्थाद्वारा वितरण गरिने राहतमा पनि श्रमिकहरुको उपस्थिति पातलिँदै गएको छ ।

सडकमा कुचो लगाउने, सवारी-साधनमा ग्रिज गर्ने, मर्मत, सवारी सजावट, थोत्रा फलामे सामान संकलन गरी बिक्री गर्ने काम नेपाली श्रमिकले गर्ने अवसर पाएका हुन् । यसअघि, भारतीय श्रमिकलेमात्र यी काम गर्ने गरेका थिए ।

कामको प्रकृतिअनुसार दैनिक दुई हजार रुपैयाँसम्म आम्दामी हुने गरेको उनीहरु बताउँछन् ।

लाज मानी-मानी सवारी-साधनमा ग्रिज गर्ने काम थालेका एक श्रमिकले आम्दामी राम्रो भएपछि सबै सहज हुँदै गएको बताउँछन् ।

पथलैया–वीरगन्ज औधोगिक करिडोरको उद्योगभित्र ६० प्रतिशत भारतीय श्रमिकले काम गर्ने गरेका छन् भने उद्योगबाहिर २० प्रतिशत श्रमिकहरुले यस प्रकृतिको काम गर्ने गरेका छन् ।

उद्योगका अधिकांश मजदुर भारतबाट फर्किएपनि सडकसँग सम्बन्धित दैनिक आम्दानीमा संलग्न मजदुरहरु नफर्किएपछि नेपाली श्रमिकलाई यो अवसर प्राप्त भएको हो ।

सरकारले दिएको राहतले जीवन नचल्ने भएपछि सडकमा काम गरेपनि विभिन्न अवरोध हुने गरेको बताउँछन् ।

विश्वबाट भारतमा रेमिट्यान्स भित्रने देशहरुमध्ये नेपाल तेस्रो मुलुकमा पर्छ । भारतीयले गर्ने गरेको काममा अन्य नेपाली श्रमिकहरुले पनि कामको स्तर मापन नगरी श्रम गर्ने हो भने धेरै रकम विदेशिनबाट जोगिनसक्छ ।

भिडियो हेर्नुहोस्