
खिलनाथ ताजपुरिया र राजेन्द्र नापित (इमेज)
काठमाडौं, भदौ १५ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका कारण दैनिक गुजारा गरी जीविकोपार्जन गर्ने थप समस्या परेका छन् ।
मजदुर, विपन्न वर्गहरुका घरमा चुलोसमेत बल्न छाडेपछि एक छाकसमेत टार्न सडकका विभिन्न स्थानमा चहार्दै हिँड्नेहरुको संख्या पनि धेरै नै छ ।
तर, स्माइल नेपाल संस्थासहित केही युवाहरुले ‘कोही भोको नरहून्’ भन्ने उद्देश्यका साथ केही समयअघिदेखि खाना तथा राहत वितरण गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्