
प्रतीकात्मक ।
पोखरा, भदौ १५ । बालिकामाथि जबर्जस्ती करणीको आरोपमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१०, मिलनटोल बस्ने भूपू भारतीय सैनिक ५५ वर्षीय रेशबहादुर गुरुङ छन् ।
नौ वर्षीया एक बालिकालाई ललाइफकाइ चार-पाँच महिनादेखि यौनशोषण गर्दै आएको उजुरीको आधारमा प्रहरीले गुरुङलाई आइतबार स्याङ्जाको बिरुवा गाउँपालिका-८, टोड्केबाट पक्राउ गरेको हो ।
आवश्यक अनुसन्धानका लागि गुरुङलाई पोखरा ल्याइसकिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्