
नवलपुर, भदौ १५ । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाले ‘भर्चुअल’ माध्यमबाट श्राद्ध गर्न अनुरोध गरेको छ ।
बुधबारदेखि सुरु हुने सोह्रश्राद्धलाई मध्यनजर गर्दै नगरपालिकाले सूचना निकालेर भर्चुअल माध्यमबाट पितृकार्य गर्न जोड दिएको हो ।
सोह्रश्राद्धमा एकजना पुरोहित धेरैको घरमा जाने प्रचलन रहेकाले यस वर्ष कोरोना महामारीका कारण सम्भव भएसम्म भर्चुअल माध्यमबाट गर्ने/गराउने व्यवस्था मिलाउने सूचनामा भनिएको छ ।
पूजनकार्यमा इष्टमित्र र छरछिमेक नबोलाउनसमेत अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्