
विवेक भण्डारी (इमेज)
नवलपुर, भदौ १५ । नवलपुरको सामुदायिक प्राकृतिक चिकित्सालय कोरोना उपचारका लागि सफल र प्रभावकारी ‘आइसोलेसन’का रुपमा चिनिन थालेको छ ।
विभिन्न रोग लागेका बिरामीलाई प्राकृतिक पद्धतिको माध्यमबाट उपचार दिँदै आएको चिकित्सालयलाई हाल कोरोना अस्थायी अस्पतालको रुपमा लिइएको छ ।
पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय अहिले कोरोना उपचारका लागि सफल र प्रभावकारी आइसोलेसनका रुपमा चिनिन थालेको छ ।
विभिन्न रोग लागेका बिरामीहरुलाई प्राकृतिक पद्धतिको माध्यमबाट उपचार दिँदै आएको उक्त चिकित्सालयलाई हाल कोरोना अस्थायी अस्पतालको रुपमा लिइएको छ ।
चिकित्सालयमा अहिले कोरोना संक्रमितहरुलाई प्राकृतिक विधिहरु अपनाइ त्यहीअनुसारको उपचार प्रदान गर्दै आएको छ ।
कोरोना निको पार्ने हालसम्म कुनै औषधि तयार भएको छैन । तर, प्राकृतिक उपचार पद्धतिले भने कोरोना संक्रमितहरु निको हुन थालेको देखिन्छ ।
प्राकृतिक चिकित्सालयमा संक्रमितहरुलाई योग, व्यायाम, शरीरका लागि आवश्यक पर्ने अर्गानिक खाना, विभिन्न जडीबुटी मिश्रित पानीको बाफलगायतका प्राकृतिक विधिहरु अपनाउन लगाइन्छ ।
कोरोना संक्रमित भएपछि यसलाई जटिल रोगको रुपमा लिनेहरु प्राकृतिक उपचार लिन थालेपछि कोरोना रोगलाई जित्न सकिने विश्वास लिन थालेका छन् ।
चिकित्सालयमा दिने उपचार पद्धतिमा आफूहरु निकै उत्साहित भएको चिकित्सालयमा उपचार गराइरहेका संक्रमितहरु बताउँछन् ।
प्राकृतिक उपचार प्रयोग गरी कोरोना संक्रमितहरुलाई हौसलासँगै सफल उपचार दिन सकेको प्राकृतिक चिकित्सालयले बताएको छ ।
शरीरका लागि आवश्यक पर्ने सन्तुलित भोजन, व्यायाम, विभिन्न जडीबुटी मिश्रित पानीको बाफ, जलनीति र योगलाई मुख्य आधार बनाएर कोरोना संक्रमितको उपचार गरिँदै आएको सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेल बताउनुहुन्छ ।
चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले कोरोना अस्थायी अस्पताल निर्माण र यहाँबाट उपचार प्रदान सुरु गरेदेखि हालसम्म ३०० भन्दा बढी कोरोना बिरामीहरुलाई सफल उपचार गराइ घर पठाएको बताउनुभयो ।
सामुदायिक प्राकृतिक चिकित्सालय जनताको भएको हुँदा स्वास्थ्यका विषयमा हरपल सहयोग गर्नेगरी अघि बढ्ने उहाँ बताउनुहुन्छ ।
कोरोना महामारी संक्रमणको दर दिन प्रतिदिन बढ्दै जाँदा नागरिकमा छाएको त्रास कम गर्न यस्ता उपचार पद्धतिलाई सरकारले थप प्रोत्साहन गर्न आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्