
मेयर विद्यासुन्दर शाक्य। फाइल तस्वीर।
काठमाडौं, भदौ १५ । काठमाडौं महानगरपलिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
दुई दिनअघि परीक्षणका लागि स्वाब दिनुभएका शाक्यलाई सोमबार संक्रमण पुष्टि भएको हो ।
शाक्यको सचिवालयकाअनुसार उहाँकी पत्नीलाई सन्चो नभएपछि दुवैजनाले स्वाब परीक्षण गर्नुभएको थियो । तर, मेयरका पत्नीमा भने संक्रमण देखिएन ।
मेयर शाक्य हाल ‘होम आइसोलेसन’मा बस्नुभएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्