
काठमाडौं । म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर डेभिड सिल्भालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
ला लिगा क्लब रियल सोसिडाडले सिल्भालाई कोरोना देखिएको पुष्टि गरेको छ ।
कोरोना देखिएपछि सिल्भा सेल्फ आईसोलेसनमा रहेको र उनलाई कोरोनाको कुनै पनि लक्षण नभएको क्लबले जनाएको छ ।
स्पेनिस मिडफिल्डर सिल्भाले दुई साताअघि सोसिडाडसँग २ वर्षको सम्झौता गरेका थिए ।
३४ वर्षीय सिल्भा सिटीमा १० वर्ष बिताएर स्पेन फर्किएका हुन् । सिल्भा सन् २०१० मा भ्यालेन्सियाबाट सिटी गएका थिए ।
उनले सिटीबाट ४ सय ३६ खेल खेल्दै १४ उपाधि जितेका थिए । उनले प्रिमियर लिगमा ३ सय ९ खेल खेल्दै ६० गोल गरेका थिए ।
र, सिटीलाई सन् २०१३, १८, १८ र १९ मा प्रिमियर लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
सिल्भाले दुई एफए कप, पाँच लिग कप र तीन कम्युनिटी सिल्ड जितेका थिए । सिल्भा स्पेनले सन् २०१० मा विश्वकप जित्दा टोलीका सदस्य थिए ।
उनले स्पेनबाट युरो २००८ र २०१२ को उपाधि समेत जितेका छन् ।
प्रतिक्रिया दिनुहोस्