
काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले अस्पताल आएका बिरामीलाई उपचार नगरी फिर्ता नपठाउन निर्देशन दिएको छ ।
चितवनमा अस्पताल डुलाउँदा डुलाउँदै नवलपुरका एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले अस्पताल आएका बिरामीलाई उपचार गरेर मात्र पठाउन भनेको हो ।
बिरामीको सहज उपचार पाउने व्यवस्था मिलाउन र संकटको घडिमा स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको मनोबल उच्च राख्न सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले निर्देशन दिनुभएको हो ।
अब जिल्लाका अस्पतालले बिरामीलाई रेफर गर्नुपूर्व बेड खाली छ छैन यकिन गर्नुपर्ने, आइसीयु खाली नभएको अवस्थामा इमरजेन्सीमा उपचार सुरु गर्नुपर्ने र खाली भए समन्वय गर्नुपर्नेलगायतका निर्देशन दिइएको छ ।
अस्पतालहरुले आइसीयु वेड र भेल्टीलेटर भरिएको वा खाली रहेको तथा त्यसकोे संख्या दैनिक बेलुका ५ बजेपछि अस्पतालमा सवैले देख्नेगरी सार्वजनिक गर्नुपर्ने र त्यसको एकप्रति विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउन भनिएको छ ।
साथै बिरामीलाई अस्पताल घुमाउने एम्बुलेन्स चालकलाई पनि कडा कारवाही गरिने चेतावनी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्