२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्घाखाँचीमा समुदायस्तरमै कोरोना


0
Shares

अर्घाखाँची । अर्घाखाँचीमा समुदाय स्तरका कर्मचारी, तरकारी व्यवसायी लगायतमा कोरोना पुष्टि भएको छ ।

कोरोना पुष्टि हुनेमा सन्धिखर्क नगरपालिका–१ का पाँच पुरुष, सन्धिखर्क नगरपालिका–६ का एक पुरुष र शितगंंगा नगरपालिकाका एक जना पुरुषसहित ७ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले जानकारी दिनुभयो ।

योसहित जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २५ छ भने हालसम्मको संक्रमित संख्या ३ सय ५४ पुगेको छ ।

कोरोना संक्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।