
जेनेभा (स्वीट्जरल्यान्ड), भदौ १६ । विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोनाभाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार जानकारी दिएको छ ।
सो संगठनकाअनुसार मंगलबारसम्म विश्वभरि कोरोनाभाइरस संक्रमणबाट आठ लाख ५४ हजार ७७५ जनाको मृत्यु भएको छ ।
संक्रमितमध्ये हालसम्म एक करोड ७९ लाख ४२ हजार ९११ व्यक्ति कोरोनामुक्त भएका छन् ।
विश्वभरमा हाल ६८ लाख ४० हजार ५४४ व्यक्ति कोरोनाभाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ६१ हजार १५८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
कोरोनाभाइरसबाट अन्त्यत प्रभावित १० ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्यांक यी रहेका छन् ।
चीनको हुबेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोनाभाइरस संक्रमणको कारण संयुक्तराज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
अमेरिकामा ६२ लाख ११ हजार ७९६ जनामा कोरोनाभाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ८७ हजार ७३६ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
ब्राजिलमा ३९ लाख १० हजार ९०१ जना कोरोनाभाइरस संक्रमति रहेका छन् । यहाँ एक लाख २१ हजार ५१५ जनाको मृत्यु भएको छ ।
भारतमा ३६ लाख ९१ हजार १६६ जना कोरोनाभाइरस संक्रमति रहेका छन् । यहाँ ६५ हजार ४३५ जनाको मृत्यु भएको छ ।
रुसमा नौ लाख ९५ हजार ३१९ जना कोरोनाभाइरस संक्रमित रहेका छन् भने १७ हजार १७६ जनाको मृत्यु भएको छ ।
पेरुमा छ लाख ५२ हजार ३७ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ भने २८ हजार ९४४ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा छ लाख २७ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ भने १४ हजार १४९ जनाको मृत्यु भएको छ ।
कोलम्बिया छ लाख १५ हजार १६८ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ भने १९ हजार ६६३ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा पाँच लाख ९९ हजार ५६० जनामा कोरोनाभाइरस संक्रमण रहेको छ भने ६४ हजार ४१४ जनाको मृत्यु भएको छ ।
स्पेनमा चार लाख ६२ हजार ८५८ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ भने २९ हजार ९४ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिनामा चार लाख १७ हजार ७३५ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ भने आठ हजार ६६० जनाको मृत्यु भएको छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्