
डोलराज रानाभाट (इमेज)
चितवन, भदौ १६ । चितवनको नारायणगढबजारस्थित सहिदचोकमा मंगलबार एउटा जीप पल्टँदा छजना घाइते भएका छन् ।
भैरहवाको लुम्बिनीबाट क्यान्सरको बिरामी बोकेर आएको लु२च ६००५ नम्बरको जीप सहिदचोकमा अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
सडकमा रहेको डिभाइडरमा ठोक्किएर जिप अनियन्त्रित भइ पल्टिएको थियो ।





प्रतिक्रिया दिनुहोस्