
प्रदीप आचार्य (इमेज)
बुटवल, भदौ १६ । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत् ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अघिल्लो साता १३ जना थुनुवामा कोरोना पुष्टि भएपछि उनीहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’का आधारमा ‘पीसीआर’ परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।
यसअघि, इलाका प्रहरीबाट मुख्यमन्त्रीको ‘स्कर्टिङ’मा खटिने चारजना प्रहरीमा पनि संक्रमण पुष्टि भएको थियो ।
सोमबार अबेर राति आएको ‘रिपोर्ट’अनुसार ११ प्रहरीमा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले बताउनुभयो ।
स्वाब संकलन गरेर पठाइएकामध्ये १९ जनाको रिपोर्ट आएको हो । त्यसमध्ये ११ जनाको रिपोर्ट ‘पोजिटिभ’ देखिएको छ ।
अरु पाँचजनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्