५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


केन्द्रीय कारागारका एकजना कैदीको कोरोनाका कारण मृत्यु


0
Shares

काठमाडौं, भदौ १६ । केन्द्रीय कारागारका एकजना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो ।

उनमा क्षयरोग र मानसिक समस्यासमेत रहेको कारागार प्रशासनले जनाएको छ ।

यही भदौ १० गते स्वाब संकलन गरिएका उनको चार दिनपछि संक्रमण पुष्टि भएको थियो ।

हाल केन्द्रीय कारागारमा १०० जना बिरामी कैदीबन्दी छन् । केन्द्रीय कारागारमा कैदीबन्दीको उपचारका लागि अस्पतालसमेत रहेको छ ।

मंगलबार उपचारकाक्रममा मृत्यु भएका तीनजना कैदीबन्दीको भने ‘रिपोर्ट नेगेटिभ’ आएको जनाइएको छ ।