
डडेल्धुरास्थित कोरोना परीक्षण प्रयोगशाला। फाइल तस्वीर।
बिराज रोस्यारा (इमेज)
कैलाली, भदौ १६ । सुदूरपश्चिम प्रदेशमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा गरिएको परीक्षणमा मंगलबार १०१ जनामा संक्रमण पुष्टि भएको हो ।
तीनओटै अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार बझाङका ३८ जना, डोटीका २४, अछामका १२, कैलालीका ११, बैतडीका ११, कञ्चनपुरका तीन र डडेल्धुराका दुईजनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या छ हजार ३० पुगेको छ ।
संक्रमण पुष्टि भएकामध्ये झन्डै पाँच हजारजनाले कोरोनालाई जितेका जनाइएको छ । १४ जना संक्रमितको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्