
काठमाडौं । इङ्गलिस क्लब आर्सनलले ब्राजिलियन डिफेन्डर गेब्रियललाई अनुबन्ध गरेको छ ।
आर्सनलले हिजो सेन्टर डिफेन्डर गेब्रियललाई अनुबन्ध गरेको जनाएको छ । २२ वर्षीय डिफेन्डरलाई आर्सनलले फ्रेन्च क्लब लिलबाट अनुबन्ध गरेको हो ।
उनलाई २६ मिलियन युरोमा आर्सनलले क्लबमा भित्र्याएको हो । गेब्रियलले आर्सनलसँग ५ वर्षको सम्झौता गरेका छन् ।
सम्झौतासँगै उनी २०२५ सम्म आर्सनलमा रहने छन् । आर्सनलमा उनले ६ नम्बर जर्सी लगाउने छन् । गेब्रियल सन् २०१७ मा फ्रेन्च क्लब आएका थिए ।
प्रतिक्रिया दिनुहोस्