२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


टी–ट्वान्टी सिरिजमा इंग्ल्याण्डविरुद्ध पाकिस्तान पाँच रनले विजयी


0
Shares

काठमाडौं । पाकिस्तान र इंग्ल्याण्डबीचको टी–ट्वान्टी सिरिज बराबरीमा सकिएको छ ।

पहिलो टी–ट्वान्टी वर्षाका कारण रद्द भएको थियो भने दोस्रो टी–ट्वान्टीमा इंग्ल्याण्ड विजयी भएको थियो ।

तर, अन्तिम तथा तेस्रो टी–ट्वान्टीमा पाकिस्तानले ५ रनको जित निकाल्दै सिरिज बराबरी गर्न सफल भयो ।

टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १९० रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद हफिजले नट आउट ८६ रन जोडेका थिए । यसैगरी हैदर अलिले ५४ रनको योगदान गरे । इंग्ल्याण्डका क्रिस जोर्डनले २ विकेट लिए ।

१९१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १८५ रन मात्रै बनाउन सक्यो ।

मोइन अलिले सर्वाधिक ६१ रन बनाउँदा टम बेन्टमले ४६ रनको योगदान गरे । पाकिस्तानका वुहाव रियाज र सहेन्सा अफ्रिदीले दुई दुई विकेट लिए । एजेन्सी