
चितवन । चितवनका थप ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
भरतपुर अस्पतालले गएराति सार्वजनिक गरेको विवरण अनुसार भरतपुर महानगरपालिकाका ३९, रत्ननगर र राप्तीका एक-एक जना गरी थप ४१ जना नयाँ संक्रमित थपिएका हुन् ।
धुलिखेल परीक्षण प्रयोगशाला र भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा भरतपुरका ३९ जना, रत्ननगरका १ र राप्तीका १ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको हो ।
चितवनमा स्वाव संकलन गरी परीक्षणका लागि धुलिखेल परीक्षण प्रयोगशाला पठाइएकोमा भरतपुर महानगरपालिकाका १३ र भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा भएको परीक्षणका क्रममा चितवनका मात्रै २८ जनामा कोभिड १९ को संक्रमण देखिएको हो ।
त्यस्तै भरतपुर अस्पतालको कोभिड १९ परीक्षण प्रयोगशालामा नवलपरासीका ३, धनुषा रुपन्देही, सिरहा र बाराका गरी ४ जनामा संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्