२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


सुदूपश्चिममा कोरोना निको भएर ५ हजार घर फर्के


0
Shares

कैलाली । सुदूपश्चिममा कोरोना सक्रमण पुष्टि भएका झण्डै ५ हजार संक्रमित निको भएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै जिल्लाबाट ४ हजार ९ सय ८५ जना कोरोनाबाट निको भएका छन् ।

अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ३९ जना निको भएर घर फर्किएका छन् ।

यस्तै डोटीका ८ सय १८, अछामका ८ सय १३, कञ्चनपुरका ६ सय २८ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै बाजुराका ४ सय ४२ जना, बैतडीका ३ सय २५, डडेल्धुराका २ सय ९९, बझाङका २ सय ८० र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या ८ सय ८४ रहेको छ । निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलालीमा ३ सय ८१ जना संक्रिय संक्रमित रहेका छन् ।

डोटीमा एक सय २९, बझाङमा एक सय २६, अछाममा १ सय २ र कञ्चनपुरमा ५७ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

बैतडीमा ५५, डडेल्धुरामा १९, बाजुरामा ८ र दार्चुलामा ७ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ९४ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

कैलालीका १ सय चार, अछामका १५, डडेल्धुराका ११ र कञ्चनपुरका चार गरी एक सय ३८ संक्रमित भने आफ्नै घरमा रहेका छन् ।

अन्य संक्रमितलाई स्थानीय तहले बनाएको आइसोलेसनमा राखिएको छ ।