
काठमाडौं । ब्राजिलका फुटबल स्टार नेयमारसहित पेरिस सेन्ट जर्मेन पीएसजीका तीन खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पीएसजीका फरवार्ड नेयमारसहित एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।
पीएसजीले समेत आफ्ना तीन खेलाडीलाई कोरोनाको संक्रमण देखिएको र तीनै जना स्वास्थ्य प्रोटोकल अनुसार अघि बढिसकेका जनाएको छ ।
युरोपियन च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले लिग वानको नयाँ सिजनको सुरुवात गरेको छैन । पीएसजीले सेप्टेम्बर १० मा लिग वानको आफ्नो पहिलो खेल खेल्नेछ ।
कोरोना महामारीका कारण नयाँ सिजनसमेत प्रभावित बनेको छ । लिगको पहिलो खेलमै कोरोनाका कारण स्थगित गर्नुपरेको थियो ।
कोरोनाले लिग प्रभावित बनेपछि पीएसजीलाई गत सिजनको लिग उपाधि हस्तान्तरण गरिएको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्