२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्याङ्जामा शिक्षकहरुले गरे विद्यालयमै खेती


65
Shares

स्याङ्जा । शिक्षकहरुले विद्यालयमै खेती गरेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका– ११ स्थित श्री बज्रेभञ्ज्याङ माध्यमिक विद्यालयका शिक्षकहरुले लकडाउनको समयलाई सदुपयोग गर्दै कृषि कर्ममा व्यस्त भएका हुन् ।

उनीहरुले अदुवा खेतीसंगै मकै र तरकारी खेती गरेका छन् । विद्यालयको नजिक २५ रोपनी जग्गा भाडामा लिएर शिक्षकहरुले अदुवा खेतीबाट कृषिको काम सुरु गरेको विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद गैह्रेले जानकारी दिनुभयो ।

अदुवा खेती गरिएको जग्गामा मकै लगाएपछि अहिले मकै विक्रीको तयारी गरिएको छ । टेण्डर आह्वान गरी मकै बिक्रीको काम सुरु गरिएको प्रधानाध्यापक गैह्रेको भनाइ छ ।

आम्दानी भएको रकम विद्यालयको स्तर उन्नती तथा भौतिक निर्माणमा खर्च गर्ने तयारी गरिएको छ ।

शिक्षकहरुले गरेको कामलाई स्थानीय अभिभावकहरुले पनि साथ दिइरहेका छन् ।