१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरामा २९ सहित गण्डकीमा ३१ जना कोरोना संक्रमित थपिए


0
Shares

corona

प्रदीप पौडेल (इमेज)

पोखरा, भदौ १८ । पोखरा महानगरपालिकामा २९ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार पोखरामा २९ र तनहुँमा दुई गरी गण्डकी प्रदेशमा ३१ जना संक्रमित थपिएका हुन् ।

निर्देशनालयकाअनुसार पोखरा वडा नम्बर-१, १६, ३० र ५ मा एक/एकजना संक्रमित थपिएका छन् ।

यस्तै, पोखरा-१३ मा दुईजना, १२ मा आठ, १० मा सात, २७ मा तीन, १४ मा दुई र पोखरा-८ मा थप दुईजनामा कोरोना देखिएको छ ।

२९ जनामध्ये एकजनाको वडा खुलाइएको छैन ।

तनहुँको व्यास नगरपालिकामा दुईजना संक्रमित थपिएका हुन् । व्यास-१ र ४ का एक/एकजना महिलामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २३ सय ८ पुगेको छ । प्रदेशमा कोरोनाबाट १५ जनाको मृत्यु भएको छ ।