१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनामुक्त भएकालाई समाजमा विभेद, यस्तो छ, कोरोनालाई जितेकाहरुको अनुभव (भिडियो)


0
Shares

गोपाल पोखरेल (इमेज)

विराटनगर, भदौ १८ । प्रदेश नम्बर–१ मा एक हजार ५५३ जना कोरोनामुक्त भइसकेका छन् । तर, कोरोनामुक्त भएकाहरुलाई समाजमा पुनःस्थापित हुन समस्या भएको छ ।

शिक्षित मानिसहरु नै कोरोना संक्रमणबाट निको भएकालाई विभेद गरिरहेका छन् ।

विराटनगर–९ का पत्रकार दिनेश साहले साउन २५ गते गरेको ‘पीसीआर’ परीक्षणमा कोरोना ‘पोजिटिभ’ देखियो । त्यसपछि उनी आइसोलेसनमा बसे ।

भदौ ७ गते पुनः गरिएको पीसीआर परीक्षणमा ‘रिपोर्ट नेगेटिभ’ आयो । कोरोनामुक्त भएपछि साह ‘आइसोलेसन’बाट घर फर्किए । त्यसपछि त्यहाँको समाजले उनीसँग गर्ने व्यवहार फरक भयो ।

झन् शिक्षित मानिसहरु नै कोरोनामुक्त भएका मानिसहरुसँग बोल्न छोडेको अनुभव छ, पत्रकार दिनेश साह ।

पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत् अधिकृत विराटनगर–३, पोखरीयाका सुजन दाहालमा पनि साउन १४ गते गरेको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखियो । उनी १४ गते पूर्वाञ्चल विश्वविद्यालयको गोठगाँउस्थित आइसोलेसनमा बस्न गए ।

आइसोलसन बसेकै बेला उनको साउन २२ गरेको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आयो । तर, घर फर्किएपछि अन्य मानिसहरुले गर्ने व्यवहार देखेर उनी छक्क परेको बताउँछन् ।

प्रदेश–१ मा कोरोना संक्रमितको संख्या तीन हजार ५९५ पुगेको छ भने निको हुनेको संख्या एक हजार ६८४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ एउटा भाइरसले प्रभावित बनाउने रोग भएकाले यो जसलाई पनि हुनसक्छ भन्ने हेक्का राख्नु जरुरी छ ।

भिडियो हेर्नुहोस्