३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


युफा नेसन्स लिगको पहिलो खेलमा स्पेन र जर्मनीले बराबरी खेले


0
Shares

काठमाडौं । युफा नेसन्स लिगको समूह चरणको पहिलो खेलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन् ।

गए राति भएको समूह जीको खेलमा जर्मनी १–१ को बराबरीसँगै अंक बाँड्न बाध्य भयो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलका ५१ औं मिनेटमा जर्मनीले अग्रता लियो ।

टिमो वेर्नरको गोलमा अग्रता लिएको जर्मनीले अन्त्यमा गोल खाएपछि नेसन्स लिगमा जितविहिन यात्रा कायम राखेको छ ।

अतिरिक्त समयमा स्पेनले बराबर गोल फर्काएको हो । स्पेनका लागि जोसे गायाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

यस्तै गए राति नै भएका अन्य खेलमा वेल्सले फिनल्याण्डमाथि एक शुन्यको जित निकाल्दा रसियाले सर्वियालाई तीन एकले हरायो ।

यस्तै हंगेरीले टर्कीमाथि एक शुन्यको जित निकाल्यो । यस्तै अर्को खेलमा युक्रेनले स्विट्जरल्याण्डलाई दुई एकले हराउँदा स्लोभानिया र ग्रिसविचको खेल गोलरहित बराबरीमा सकियो ।

हंगरीले टर्कीमाथि एक शुन्यको जित निकाल्दा आयरल्याण्डले अन्तिममा गोल गर्दा बुल्गेरीयालाई बराबरीमा राक्यो । एजेन्सी