१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यस वर्ष भोटो जात्रा नहुने, असम्बन्धित समूहबाट रथ तान्ने प्रयासको जात्रा व्यवस्थापन कार्यदलद्वारा भत्सर्ना


0
Shares

काठमाडौं । यस वर्ष रातो मच्छिन्द्रनाथको भोटो जात्रा नहुने भएको छ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको यस वर्ष भोटो जात्रा नहुने भएको हो ।

बुगद्यः जात्रा व्यवस्थापन कार्यदल १९औँ जातीय खलः पुचःका संयोजक चन्द्र महर्जनले मूलुकमा दिनानुदिन कोरोना सङ्क्रमित थपिँदै गएकाले जोखिम कम गर्न आज करुणामयको क्षमापूजा गरिने बताउनुभएको छ ।

यस्तै, भदौ २१ गते सोह्रखुट्टे पाटीसम्म रथ तान्ने र छवयलाबु गर्ने, २२ गते भुज्याय मनाउने तथा साइत हेर्ने र सम्भवतः २६ गते साइत मिलेमा रातो मच्छिन्द्रनाथलाई बुङ्मती प्रस्थान गराउने जानकारी उहाँले दिनुभएको छ ।

मच्छिन्द्रनाथ जात्राका विधि प्रकृया हाल रथ भएको ठाउँमा सम्पन्न गर्ने र पछिल्ला वर्षमा विगतका वर्ष झैं जात्रा सम्पन्न गरिनेछ ।

महर्जनले बिहीबार कुनै आधिकारिकता बेगर असम्बन्धित समूहबाट मच्छिन्द्रनाथको रथ तान्ने प्रयास भएको र स्थिति अराजक बनेकोप्रति भत्सर्ना गर्नुभएको छ ।

यही भदौ ११ गते ज्यापू समाज यलमा रथसँगसम्बन्धित सरोकारवालाको विशेष बैठक बसेर मलमास अगावै जात्रा सम्पन्न गर्ने सहमति भएको थियो ।

यस्तै, गुठी संस्थानको प्रधान कार्यालयका विज्ञसँग परामर्श गरी आएको निचोडमाथि जातीय खलः पुचहरुले सम्बन्धित सबैको उपस्थितिमा हुने बैठकबाट पारित गर्ने र सोहीअनुसार रथया

त्रा सम्पन्न गर्ने भद्र सहमति भएको थियो । आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो ।

हरेक वर्ष करुणामयलाई रथमा विराजमान गराइएको चार दिनमा पुल्चोकबाट तानेर गाःबहाल अनि मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पु¥याएर भोटो जात्रा गर्ने गरिन्थ्यो ।

यस वर्ष भने महामारीका कारण भोटोजात्रा नगरिने भएको हो । विसं ८०० मा राजा वरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए ।

मच्छिन्द्रनाथ नेपाल आएको ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो । किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए ।

यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।