
बिराज रोस्यारा (इमेज)
कैलाली, भदौ १९ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढीमा कोरोना संक्रमितको संख्या २८५ पुगेको छ ।
गएको चैत १४ गते प्रदेशमै पहिलोपटक कोरोना संक्रमण देखिएको थियो ।
धनगढी उपमहानगरपालिकामा बुधबारसम्म २८५ जनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरुमध्ये ११३ जना ‘ट्राभल हिस्ट्री’ नभएका संक्रमित रहेको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जुन कुल संक्रमितको ४० प्रतिशत हो ।
जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायकाअनुसार ट्राभल हिस्ट्री नभएका एक संक्रमितको मृत्यु भइसकेको छ ।
बिहीबारमात्र २७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २६ जनाको ट्राभल हिस्ट्री नदेखिएको उहाँले बताउनुभयो ।
ट्राभल हिस्ट्री नभएका संक्रमितमा स्थानीय शिक्षक, स्वास्थ्यकर्मी, व्यापारी, प्रहरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सरसफाइकर्मी, कानुन व्यवसायी, संक्रमितका परिवारका सदस्य र केही सर्वसाधारण रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
उपमहानगरपालिकाकाअनुसार धनगढीका सबै वडामा कोरोना फैलिएको छ । सबैभन्दा बढी वडा नम्बर ५ मा ५६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका अधिकांश स्थानीय रहेको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्