२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोरोनाका कारण बुटवल र विराटनगरमा गरी थप तीन जनाको मृत्यु


0
Shares

काठमाडौं । बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमितकोे मृत्यु भएको छ ।

नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज(शनिबार) बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।

नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए ।

ज्वरो र स्वासप्रश्वासको समस्या रहेका दुबैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।

हिजो चार महिला र १० पुरुष गरी १४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या २७३ पुगेको छ ।

यस्तै, विराटनगर– ११ की ४३ वर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति मृत्यु भएको छ ।

उनी श्वासप्रश्वासमा समस्या, पेट र छातीको दुखाईपछि प्रतिष्ठानको कोभिड अस्पतालमा बिहीबार भर्ना भएकी थिइन् ।

उनमा विगत ४ वर्षदेखि उच्च रक्तचापको समस्या रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभयो ।

हिजो चार महिला र १० पुरुष गरी १४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या २७४ पुगेको छ ।