
काठमाडौं । चार महिनापछि पहिलोपटक भारत र चीनको उच्च राजनीतिक नेतृत्वबीच वार्ता भएको छ ।
भारत र चीनबीचको सीमा विवाद सुरु भएको चार महिनापछि पहिलोपटक उच्चस्तरीय राजनीतिक छलफल भएको हो ।
रुस भ्रमणमा रहेका दुई देशका रक्षामन्त्रीबीच शुक्रबार राती वार्ता भएको हो ।
भेटवार्ता झण्डै चार महिनायता पूर्वी लद्दाखस्थित नियन्त्रण रेखा वरिपरि भएको दुई देशका सेनाबीचको तनाव हटाउनमा केन्द्रीत रहेको जनाइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मस्कोमा रहेका भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री विई फिङबीच सीमा विवाद समस्या समाधानमा केन्द्रीत रहेर छलफल भएको छ ।
सुरुमा चीनले वार्ताको प्रस्ताव राखिएको बताइएपनि वार्ताको वातावरण कसरी बन्यो भन्ने स्पष्ट भैसकेको छैन ।
दुबै देशका रक्षामन्त्री अहिले संघाई सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिन मस्को भ्रमणमा रहेका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्