
काठमाडौं । नेशन्स लिगमा इट्लीले बराबरी खेल्दा नेदरल्याण्ड्स बिजयी भएको छ ।
युएफा नेशन्स लिगमा नेदरल्याण्ड्सले पोल्याण्डमाथि एक शुन्यको जित निकाल्दा इट्ली बोस्निया हर्जगोविनासँग एक एक गोलको बराबरीमा रोकियो ।
लिग ए अन्तर्गत भएको खेलमा नेदरल्याण्ड्सको जितमा बेर्गविज्नले गरेको एकमात्र गोल निर्णायक बन्यो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।
तर दोस्रो हाफमा नेदरल्याण्ड्सले खेलमा अग्रता लियो । उसका लागि हटबोयरको पासमा बेर्गविज्नले गोल गर्न सफल भए ।
त्यसपछि पोल्याण्ड खेलमा फर्कन सकेन र नेदरल्याण्ड्सले सहज जित निकाल्यो । यस्तै अर्को खेलमा इट्लीले बोस्नियाँसँग बराबरीमा चित्त बुझायो ।
घरेलु मैदानमा भएको खेलमा इट्लीले बोस्नियासँग एक एक गोलको बराबरी खेल्यो । खेलमा बोस्नियाले एक गोलको अग्रता जोगाउन सकेन ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५१ औं मिनेटमा बोस्नियाले इडेन जेकोको गोलमा अग्रता बनाएको थियो । तर त्यो अग्रता १० मिनेटपनि टिक्न सकेन ।
उसका लागि सेन्सीले गोल गरे । यस्तै अन्य खेलमा रोमानियाले नर्दन आयरल्याण्डसँग एक एक गोलको बराबरी खेल्यो ।
स्कटल्याण्ड पनि इजरायलसँग एक एक गोलको बराबरीमा रोकियो । कजाकस्तानले लिथुवानियालाई दुई शुन्यले हराउँदा अल्बानियाले बेलारुसलाई दुई शुन्यले पराजित गर्यो ।
यस्तै अष्ट्रियाले नर्वेलाई दुई एकले पराजित गर्दा चेक गणतन्त्रले स्लोभाकियालाई तीन एकले हरायो ।
प्रतिक्रिया दिनुहोस्