
काठमाडौं, भदौ २० । कोभिड-१९ को महामारीका बेला अस्पतालमा रगत अभाव हुन थालेसँगै विभिन्न संस्थाले रक्तदान कार्यक्रम आयोजना गर्न थालेका छन् ।
यसैक्रममा शनिबार लायन्स क्लब अब अफ काठमाडौं डिस्ट्रिक्ट ३२५ ए २ ले राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गरयो ।
उपचारका लागि रगतको अभाव भएको भन्ने जानकारी आएपछि जोखिम मोलेरै भएपनि रक्तदान कार्यक्रम आयोजना गरेको डिस्ट्रिक्ट गभर्नर डा. सुशीला मल्लले बताउनुभयो ।
महामारीमा संस्थाले आवश्यक स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराउँदै आएको लायन्स क्लब अफ काठमाडौंका अग्नि अधिकारीले दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्