१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गण्डकीमा थप ४४ जनामा कोरोना


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, भदौ २० । गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखराका २२ सहित प्रदेशभर शनिबार ४४ जनामा संक्रमण देखिएको हो ।

प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको ‘पीसीआर’ परीक्षणमा कास्कीका २२, लमजुङका १७, बागलुङका तीन, स्याङ्जा र नवलपुरका एक/एकजनाको ‘रिपोर्ट पोजिटिभ’ आएको हो ।

योसहित प्रदेशभर संक्रमितको संख्या २४ सय ४७ पुगेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।