९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुग्यो, १,०४१ जना संक्रमित थपिए


0
Shares

काठमाडौं, भदौ २० । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेकोे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दैै आएको नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप नौजनाको मृत्यु भएको जानकारी दिनुभयो ।

सोसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको हो ।

थप एक हजार ४१ जनामा संक्रमण
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४०८ सहित नेपालमा थप एक हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा अहिलेसम्म जम्मा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

नेपालमा हाल १७ हजार ८७० सक्रिय संक्रमित रहेका छन् ।

एक हजार ५६६ जना ‘डिस्चार्ज’
पछिल्लो २४ घन्टामा थप एक हजार ५६६ जना कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् ।

योसँगै शनिबारसम्म कोरोना निको हुनेको जम्मा संख्या २७ हजार १२७ पुगेको मन्त्रालयले जानकारी गराएको छ ।

२४ जना भेन्टिलेटरमा
उपचाररत् संक्रमितमध्ये १६७ जना आइसीयूमा रहेका छन् भने २४ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

पछिल्लो २४ घन्टामा १२ हजार ४७३ जनाको ‘पीसीआर’ परीक्षण भएको छ । अहिलेसम्म देशभर सात लाख ५७ हजार ९६३ ओटा पीसीआर परीक्षण भएको छ ।

अहिले नेपालमा संस्थागत र ‘होम आइसोलेसन’मा गरी १७ हजार ८७० जना आइसोलेसनमा रहेका छन् ।

अहिले ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु, हुम्ला र डोल्पामा सक्रिय संक्रमितको संख्या शून्य रहेको जनाइएको छ ।

भिडियो हेर्नोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.20

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.20#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Saturday, September 5, 2020