
काठमाडौं । सेरेना विलियम्स युएस ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेकी छन् ।
नेपाली समय अनुसार आइतबार बिहान सकिएको खेलमा अर्की अमेरिकी खेलाडी स्लोन स्टिफन्सलाई पराजित गरेर प्रि क्वाटरफाइनलमा स्थान बनाएकी हुन् ।
तेस्रो बरियताकी विलियम्सले २६ औँ बरियताकी स्लोनलाई २–६, ६–२ र ६–२ को सेटमा पराजित गरेकी हुन् ।
कीर्तिमानसँग बराबरी गर्ने २४ औँ ग्राण्ड स्लाम उपाधिको खोजीमा रहेकी विलियम्सले अन्तिम १६ मा १५ औँ बरियताकी ग्रिक खेलाडी मारिया साकारीको सामना गर्ने छिन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्